भित्र्याउन तयार फलफूल र तरकारी नील गाई र बँदेलले पारे सखाप (भिडियो रिपोर्टसहित)

२०७९ साउन १४ गते २०:४१
भित्र्याउन तयार फलफूल र तरकारी नील गाई र बँदेलले पारे सखाप (भिडियो रिपोर्टसहित)

१४ साउन २०७९ महोत्तरी । भित्र्याउन तयार भएको फलफूल र तरकारी नील लगाई र बँदेलले सखाप पारेपछि महोत्तरीका किसान समस्यामा परेका छन् । जंगली जनावरका कारण लगानी नै डुब्ने चिन्ताले किसानलाई सताएको छ । सरोकारवाला निकायले बेलैमा समाधानको उपाय नखोजे किसानको लाखौं लगानी डुब्ने अवस्था छ ।

भित्र्याउन तयार भएको बाली जंगली नील गाईको समूहले आएर नष्ट गरिदिन थालेपछि महोत्तरीका किसान चिन्तामा छन् । ऋण गरी लगाइएको खेती नील गाईको समूह आएर खाइदिने र त्यसैमाथि बँदेल पनि आएर नष्ट गरिदिने गर्न थालेपछि कृषकमा चिन्ता बढेको छ । सम्सी गाउँपालिका(५ स्थित कृषि फार्ममा बेच्नका लागि तयार भइसकेको केरा खेती नील गाईको झुण्डले सखाप पारिदिएको छ । तीन बिगाहा जमीनमा लगाइएको केरा नील गाई र बँदेलको समूहले सखाप पारेपछि किसानको लाखौँको क्षति भएको छ ।

करिब २५ विगाह जमिनमा माछा पालनसहित लगाएको केरा, मेवा, कागतीलगायतका फलफूल र तरकारी बालीमा नील गाई र बँदेल पल्किएपछि वैकल्पिक पेशा रोज्नुपर्ने अवस्था आएको उहाँको गुनासो छ। मण्डल मात्रै हैन यहाँका अन्य किसानको अवस्था पनि उस्तै छ । नील गाईको बथानबाट हुने क्षति रोक्न रातभर जाग्राम बस्नुको विकल्प किसानसँग छैन ।

लाखौं खर्च गरेर लगाएको फलफूल तथा तरकारी खेती क्षणभरमै सखाप खुने अवस्थाका कारण किसान वैकल्पिक पेशामा पलायन हुनपर्ने अवस्था देखिएको छ । सरकारी निकायले समेत कृषकका समस्या समाधानमा पहल नगरेको स्थानीयको गुनासो छ । तर, कृषि ज्ञान केन्द्र भने समस्याको दीर्घकालीन समाधानका विषयमा काम गर्ने तयारी भएको बताउँछ ।

एकातिर जंगली जनावरको आतंक छ भने अर्कातिर समयमै मलखादको व्यवस्था नहुँदा किसानको उब्जनी समेत घटिरहेको छ । नील गाईका कारण समस्यामा परेका महोत्तरीका किसानले तत्काल आफुहरुको माग सुनुवाइ गरिदिन स्थानीय सरकारलाई आग्रह गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *