खेलकूद
वेष्ट इण्डिजविरुद्धको पहिलो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा भारत विजयी
२०७९ साउन १४ गते ८:१४

१४ साउन २०७९ काठमाडौं । वेष्ट इण्डिजविरुद्धको पहिलो ट्वेन्टी–ट्वेन्टी खेलमा भारत ६८ रनले विजयी भएको छ ।
१९१ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले निर्धारित ओभरमा ८ विकेट गुमाएर १२२ रन मात्र जोड्न सक्यो । वेष्ट इण्डिजका लागि सामराह ब्रुक्सले २० तथा कप्तान निकोलस पुरनले १८ रन जोडे । बलिङतर्फ भारतका अर्शदीप सिंह, रविचन्द्र आश्विन र रवी बिश्नोईले समान २–२ विकेट हात पारे ।
यसअघि ट्रिनिडाडमा टस हार्दै पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ६ विकेटको नोक्सानीमा १९० रन बनाएको थियो ।
उसका लागि कप्तान रोहित शर्माले ६४ रनको अर्धशतकीय इनिंग्स खेले । त्यस्तै दिनेश कार्तिक ४१ रनमा अविजित रहे । जितसँगै भारतले ५ खेलको शृंखलामा १(० को अग्रता लिएको छ ।
प्रतिक्रिया