खेलकूद
जर्मनी महिला युरोकप फुटबलको फाइनलमा
२०७९ साउन १२ गते १०:१०
१२ साउन २०७९ लण्डन । जर्मनी, इंग्ल्यान्डमा जारी महिना युरोकप फुटबलको फाइनल प्रवेश गरेको छ ।
दोस्रो सेमिफाइनलमा गएराति फ्रान्सलाई २–१ गोल अन्तरले हराउँदै जर्मनीले फाइनलमा स्थान सुनिश्चित गरेको हो । खेलको ४० औं मिनेटमा एलेक्सान्ड्रा पोपले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाउनुभयो ।
तर, ४४ औं मिनेटमा जर्मनीकी मेर्ले फ्रोह्म्सले आत्मघाती गोल गरेपछि फ्रान्सले १–१ गोलको बराबरी ग-यो ।
त्यसपछि खेलको ७६ औं मिनेटमा पोपले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई २–१ को जित दिलाउनुभयो ।
अब जर्मनीले उपाधिका लागि घरेलु टोली इंग्ल्यान्डसँग खेल्नेछ । फाइनल खेल आइतवार हुनेछ ।
प्रतिक्रिया