खेलकूद

साफ यु–२० च्याम्पियनसिप फुटबलमा आज नेपाल र श्रीलंका भिड्दै

हिमालय टिभी
२०७९ साउन ११ गते ८:२२
साफ यु–२० च्याम्पियनसिप फुटबलमा आज नेपाल र श्रीलंका भिड्दै

११ साउन २०७९ काठमाडौं । २० वर्षमुनिको च्याम्पियनसिप पुरुष फुटबलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने नेपाल र श्रीलंकाबीचको खेल साँझ ७ः१५ बजे शुरु हुनेछ । नेपाल आज श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ ।

सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले हराएको थियो । श्रीलंका भने पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा श्रीलंकालाई बंगलादेशले १० गोल अन्तरले हराएको थियो ।

च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्