खेलकूद

जो विदेशको सुविधासम्पन्न जीवनशैली त्यागेर राष्ट्रिय जर्सी लगाउन नेपाल फर्किए (भिडियो रिपोर्टसहित)

२०७९ साउन १० गते २०:३०
जो विदेशको सुविधासम्पन्न जीवनशैली त्यागेर राष्ट्रिय जर्सी लगाउन नेपाल फर्किए (भिडियो रिपोर्टसहित)

१० साउन २०७९ भुवनेश्वर, भारत । फुटबलको नियामक निकाय अखिल नेपाल फुटबल संघसँग खेलाडीका लागि ठोस कार्यक्रम नहुँदा सिनियर खेलाडी नै पलायन हुन थालेका छन् । तर, केही यस्ता खेलाडी पनि छन् जो विदेशको सुविधासम्पन्न जीवनशैली त्यागेर राष्ट्रिय जर्सी लगाउन जन्मभूमि फर्किएका छन् ।

काभ्रेको धुलिखेलमा जन्मिएका सुगम सुवालले केही समय विद्यालयस्तरीय प्रतियोगिताहरु खेले । तर १४ वर्षको उमेरमा उनको यात्रा विदेशतिर मोडियो । परिवारसँगै डेनमार्क गएका उनले त्यहाँको चार वर्षे बसाईमा फुटबल भने छाडेनन् ।

सुरुमा कोपनहेगनको स्थानीय क्लब र पछि डेनमार्कको तेस्रो डिभिजन क्लब भीएसके आर्हुसको एकेडेमीमा प्रशिक्षण लिएर युरोपेली फुटबलमाउमेर समूहको अनुभव पनि बटुले । पछिल्लो दुई वर्ष नेपालमा उमेर समूहका कुनै प्रतियोगिता नभएका कारण खुल्ला छनोटको कुरा सुने र नेपालको राष्ट्रिय टिमको जर्सीमा खेल्ने बाल्यकालदेखिको सपना पूरा गर्न जन्मभूमि आए ।

भारतको भुवनेश्वरमा जारी अण्डर ट्वेन्टी साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४(० ले हराउँदा १८ वर्षे स्ट्राइकर सुगमको प्रदर्शन महत्वपूर्ण रह्यो । उनले एक गोलसमेत आफ्नो नाममा दर्ता गराए । खेल्ने शैली, अुनशासन र मेहनतबाट उनले प्रशिक्षकको समेत मन जित्न सफल भएका छन् ।

व्यावसायिक रुपमा फस्टाइनसकेको नेपाली फुटबल युरोपेली फुटबलसँग तुलना गर्नै मिल्दैन । उनले खेल्ने शैलीमा समेत भिन्नता पाएका छन् । नेपाली फुटबलमा अघि बढ्ने आत्मविश्वास लिएका सुगमको अबको लक्ष्य सिनियर टोलीबाट खेल्ने छ ।

नेपालमा खेलेर बाँच्न नसक्ने अवस्था रहेकाले खेलाडी विदेश भासिन बाध्य छन् । सरकारले खेलाडीलाई व्यस्त राख्न र जीविकोपार्जनमा ध्यान दिने हो भने विदेश जान रोक्न सकिन्छ । त्यतिमात्र होइन, फुटबलमा भविष्य खोजिरहेका देशभित्रकै प्रतिभालाई निखार्न र विदेशिएकालाई पनि स्वदेश फर्काउन सकिन्छ । यसले नेपाली फुटबलको स्तरवृद्धिमा सहयोग पुर्‍याउने निश्चित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्