खेलकूद
फ्रान्स पहिलोपटक महिला युरोकप फुटबलको सेमिफाइनल प्रवेश
२०७९ साउन ८ गते ७:२९

८ साउन २०७९ काठमाडौं । फ्रान्स पहिलो पटक महिला युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
युरोकप अन्तर्गत गएराति अन्तिम क्वार्टरफाइनलमा साविक विजेता नेदरल्याण्ड्सलाई १–० ले पराजित गर्दै फ्रान्स अन्तिम चारमा पुगेको हो । फ्रान्सले प्रतिस्पर्धात्मक खेलको अतिरिक्त समयमा पेनाल्टीमार्फत गोल गरेको थियो ।
१०२औं मिनेटमा इभ पेरिसेटले पेनाल्टीलाई गोलमा परिणत गरेकी थिइन् । कादिदियातौ दिआनीलाई नेदरल्याण्ड्सकी डोमिनिक्व जेन्सेनले डी बक्सभित्र फल गरेपछी फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो ।
योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पूरा भएको छ । अब फाइनल प्रवेशका लागि फ्रान्सले जर्मनीको सामना गर्नेछ ।
यसअघि अर्को सेमिफाइनलमा स्वीडेन र इंग्ल्याण्ड भिड्ने तय भइसकेको थियो ।
प्रतिक्रिया