खेलकूद
स्वीडेन महिला युरोपियन च्याम्पियनसिप फुटबलको सेमिफाइनल प्रवेश
२०७९ साउन ७ गते ७:२४

७ साउन २०७९ काठमाडौं । स्वीडेन महिला युरोपियन च्याम्पियनसिप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ ।
युरोकप अन्तर्गत गएराति तेस्रो क्वार्टरफाइनलमा बेल्जियममाथि १–० को संघर्षपूर्ण जित निकाल्दै स्वीडेनले अन्तिम चारमा स्थान पक्का पारेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलको अतिरिक्त समयको दोस्रो अर्थात ९२औं मिनेटमा लिण्डा सिमब्रान्टले गरेको गोल नै स्वीडेनका लागि निर्णायक रह्यो । फाइनल प्रवेशका लागि स्वीडेन र इंग्ल्याण्डले प्रतिस्पर्धा गर्नेछन् ।
चौथो तथा अन्तिम क्वार्टरफाइनलमा आज फ्रान्स र नेदरल्याण्ड्स भिड्दै छन् । आजको विजेताले सेमिफाइनलमा जर्मनीको सामना गर्नेछ ।
प्रतिक्रिया