खेलकूद
जर्मनी महिला युरोपियन च्याम्पियनसिप फुटबलको सेमिफाइनल प्रवेश
२०७९ साउन ६ गते ७:५६
६ साउन २०७९ काठमाडौं । जर्मनी महिला युरोपियन च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
युरोकप अन्तर्गत गएराति सम्पन्न दोस्रो क्वार्टरफाइनलमा अष्ट्रियालाई २–० ले हराउँदै जर्मनी अन्तिम चारमा पुगेको हो ।
ब्रेन्टफोर्ड कम्युनिटी रंगशालामा जर्मनीले २५औं मिनेटमा लीना मिगुलको गोलबाट अग्रता लियो ।
त्यसपछि ९०औं मिनेटमा एक्सजेन्ड्रा पोपले गोल थपेपछि जर्मनी २–० ले विजयी भयो । तेस्रो क्वार्टरफाइनलमा आज स्वीडेन र बेल्जियमबीच प्रतिस्पर्धा हुँदैछ ।
प्रतिक्रिया