खेलकूद

फ्रान्स र बेल्जियम महिला युरोकप फुटबलको क्वार्टरफाइनल प्रवेश

हिमालय टिभी
२०७९ साउन ३ गते ८:०९
फ्रान्स र बेल्जियम महिला युरोकप फुटबलको क्वार्टरफाइनल प्रवेश

३ साउन २०७९ काठमाडौं । फ्रान्स र बेल्जियम महिला युरोकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

समूह डी अन्तर्गत समूह चरणको अन्तिम खेलमा आइसल्याण्डसँग १–१ गोलको बराबरी खेलेपनि फ्रान्स अन्तिम आठमा पुगेको हो । फ्रान्सले खेल शुरू भएको एक मिनेटमै मेल्भिन मालार्डको गोलबाट अग्रता बनाएको थियो । तर आइसल्याण्डले अन्तिम समयको इञ्जुरी समयमा गोल फर्काउन सफल भयो ।

डोंगीले इञ्जुरी समयको अन्तिम समयमा पाएको पेनाल्टीलाई गोलमा परिणत गरेकी थिइन् । फ्रान्स ३ खेलबाट ७ अंक जोड्दै समूह विजेताको रुपमा क्वार्टरफाइनलमा पुगेको हो । आइसल्याण्ड तेस्रो स्थानमा रह्यो ।

सेमिफाइनल प्रवेशका लागि फ्रान्सले समूह सी को उपविजेता नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।

यही समूहको अर्को खेलमा बेल्जियमले इटालीमाथि १० को जित निकाल्दै अन्तिम आठमा पुग्यो । बेल्जियमको जितमा ४९औं मिनेटमा डी केग्नीले गरेको गोल नै निर्णायक रह्यो ।

दोस्रो स्थानको बेल्जियमले तीन खेलबाट ४ अंक जोड्यो । क्वार्टरफाइनलमा बेल्जियमले समूह सी को विजेता स्विडेनको सामना गर्नेछ । यससँगै प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्