खेलकूद

त्रिदेशीय एकदिवसीय क्रिकेट : नेपालका तीन खेलाडी परिवर्तन

२०७९ साउन १ गते १७:५७
त्रिदेशीय एकदिवसीय क्रिकेट : नेपालका तीन खेलाडी परिवर्तन

१ साउन २०७९ काठमाडौं । आइसिसी विश्वकप लिग क्रिकेट दुई अन्तर्गत त्रिदेशीय एकदिवसीय सिरिजमा नेपालले टस हारेपछि पहिले ब्याटिङको निम्तो पाएको छ ।

स्कटल्याण्डको ग्लासगोमा स्कटल्याण्डले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो । त्रिदेशीय सिरिजअन्र्गत स्कटल्याण्डसँग नेपाल दोस्रो पटक भिड्न लागेको हो ।

यसअघि भएको स्कटल्याण्डविरुद्धको पहिलो खेलमा नेपालले जित हासिल गरेको थियो । नेपालले स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको थियो ।

स्कटल्याण्डविरुद्ध आजको खेलमा नेपालले तीन जना खेलाडी परिवर्तन गरेको छ । पवन सर्राफ, आदिल अन्सारी र बसिर अहमदलाई परिवर्तन गरेको हो ।

पवनको स्थानमा करण केसी, आदिलको स्थानमा विनोद भण्डारी र बसिरको ठाउँमा किशोर महतोले मौका पाएका छन् । किशोरले भने एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यु गर्न लागेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्