बसले मोटरसाइकललाई ठक्कर दिँदा धादिङमा एक जनाको मृत्यु
२०७९ असार ३२ गते १७:२८

३२ असार २०७९ धादिङ । धादिङको गल्छी गाउँपालिका–८ कोल्पुखोलामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
आज दिउँसो काठमाडौंबाट त्रिशुली जाँदै गरेको बा.४ ख. ९२९६ नम्बरको बसले नुवाकोटबाट गल्छी आउँदै गरेको बा. ५६ प. २४९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक सोही गाउँपालिका–१ कल्लेरी बस्ने १८ वर्षीय सुनिल ठकुरीको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि अम्बे भरोसा अस्पताल गल्छी लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया