राजनीति

कारबाही गर्ने यादव पक्षको निर्णयको भट्टराईद्वारा भर्त्सनासहित खारेज

हिमालय टिभी
२०७९ असार ३२ गते ७:३०
कारबाही गर्ने यादव पक्षको निर्णयको भट्टराईद्वारा भर्त्सनासहित खारेज

३२ असार २०७९ काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले आफूसहित पार्टीका ९ नेतामाथि गरेको कारबाही निर्णयको भर्त्सना गर्दै खारेज गर्नुभएको छ ।

एक विज्ञप्ति जारी गर्दै डा. भट्टराईले नयाँ पार्टी पुनर्गठनमा जुट्न सबैलाई अपिल समेत गर्नुभएको छ ।

उहाँले पार्टीभित्र लामो समयदेखि देखिएका वैचारिक, राजनीतिक, सांगठनिक र केन्द्रीय समिति अध्यक्षको स्वेच्छाचारी कार्यशैलीविरुद्धको बहस उत्कर्षमा पुग्दैगर्दा केन्द्रीय समितिको अलगअलग बैठक गर्नुपरेको प्रष्टीकरण दिनुभएको छ ।

भट्टराईले अध्यक्ष यादवले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेर स्वेच्छाचारी शैलीमा अवैधानिक, अराजनीतिक र अनैतिक रूपमा सङ्घीय परिषद् अध्यक्षलगायत केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पदमुक्त गरेको आरोप लगाउनुभएको छ ।

वीरगञ्जमा बसेको यादव पक्षको केन्दीय समिति बैठकले काठमाडौंमा भट्टराई पक्षले गरेको केन्द्रीय समितिको विस्तारित बैठक अवैध भन्दै भट्टराईलाई पार्टीबाट निस्काशन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्