खेलकूद

फ्रान्स महिला युरोपियन च्याम्पियनसिप फुटबलको क्वार्टरफाइनल प्रवेश

हिमालय टिभी
२०७९ असार ३१ गते ८:१५
फ्रान्स महिला युरोपियन च्याम्पियनसिप फुटबलको क्वार्टरफाइनल प्रवेश

३१ असार २०७९ काठमाडौं । फ्रान्स महिला युरोपियन च्याम्पियनसिप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

समूह डी अन्तर्गत बेल्जियमलाई २–१ गोलले पराजित गर्दै लगातार दोस्रो जितसहित फ्रान्स अन्तिम आठमा पुगेको हो । खेलको छैठौ मिनेटमै काडिदिआटोउ डिएनीले फ्रान्सलाई शुरूवाती अग्रता दिलाएकी थिइन् ।

तर ३६औं मिनेटमा बेल्जियमकी जानिस कायम्यानले गोल गर्दै खेल बराबरी गरिन् । लगत्तै ४१औं मिनेटमा ग्रीड एमबोक बाथेले गोल गरेपछि फ्रान्स २–१ ले विजयी भयो ।

२ खेलबाट ६ अंक जोड्दै फ्रान्स एक खेल अगावै समूह विजेताको रुपमा क्वार्टरफाइनलमा पुगेको छ । पहिलो खेलमा फ्रान्सले इटालीलाई ५–१ ले हराएको थियो ।

यही समूहको अर्को आइसल्याण्ड र इटालीले १–१ गोलको बराबरी खेले । आइसल्याण्ड दुई खेलबाट दुई अंकका साथ दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्