खेलकूद

भारतविरुद्धको दोस्रो एक दिवसीय खेलमा इंग्ल्याण्ड विजयी

हिमालय टिभी
२०७९ असार ३१ गते ७:५९
भारतविरुद्धको दोस्रो एक दिवसीय खेलमा इंग्ल्याण्ड विजयी

३१ असार २०७९ काठमाडौं । भारतविरुद्धको दोस्रो एक दिवसीय खेलमा इंग्ल्याण्ड एक सय रनले विजयी भएको छ ।

२४७ रनको लक्ष्यसहित मैदान ओर्लेको भारत ३८ दशमलव ५ ओभरमा १४६ रनमै अलआउट भयो । उसका लागि हार्दिक पाण्ड्या र रविन्द्र जडेजाले समान २९–२९ रन जोडे ।

त्यस्तै सूर्यकुमार यादवले २७ तथा मोहम्मद सामीले २३ रन बनाए । इंग्ल्याण्डका रिची टोप्लेले ६ विकेट लिए ।

यसअघि लर्डसमा टस हारेर पहिले ब्याटिङ गर्दै घरेलु टोली इंग्ल्याण्ड एक ओभर अगावै २४६ रनमा अलआउट भएको थियो । इंग्ल्याण्डका मोइन अलीले ४७, डेविड विलीले ४१ तथा जोन्नी बेरिष्टोले ३८ रन बनाए ।

भारतका युजभेन्द्र चहेलले ४ विकेट लिए । जितसँगै तीन खेलको एक दिवसीय शृंखला ११ को बराबरी भएको छ । पहिलो खेल भारतले १० विकेटले जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्