खेलकूद

महिला युरोपियन च्याम्पियनसिपमा नेदरल्याण्ड्स र स्वीडेन विजयी

हिमालय टिभी
२०७९ असार ३० गते ८:१६
महिला युरोपियन च्याम्पियनसिपमा नेदरल्याण्ड्स र स्वीडेन विजयी

३० असार २०७९ काठमाडौं । महिला युरोपियन च्याम्पियनसिप फुटबलमा नेदरल्याण्ड्स र स्वीडेन विजयी भएका छन् ।

समूह सी मा साविक विजेता नेदरल्याण्ड्सले पोर्चुगलमाथि ३–२ को संघर्षपूर्ण जित निकालेको हो । खेलको सातौ मिनेटमै डामारिस इक्वेरोलाको गोलसँगै नेदरल्याण्ड्सले अग्रता लिएको थियो ।

लगत्तै १६औं मिनेटमा नेदरल्याण्ड्सकी स्टेफानी भान डेर ग्राटले अग्रता दोब्बर पारिन् । त्यसपछि पोर्चुगलले लगातार दुई गोल थप्न सफल भयो ।

उसका लागि ३८औं मिनेटमा पेनाल्टीमार्फत क्यारोली कोष्टा र ४७औं मिनेटमा डायन सिल्वाले गोल थपेकी थिइन् । तर ६२औं मिनेटमा भान डि डोंकले गोल गर्दै नेदरल्याण्ड्सलाई ३–२ को जित दिलाइन् । जितपछि २ खेलबाट ४ अंक जोड्दै नेदरल्याण्ड्स शीर्ष स्थानमा पुगेको छ । पोर्चुगल तेस्रो स्थानमा छ ।

यही समूहको अर्को खेलमा स्विडेनले स्वीटजरल्याण्डलाई २–१ ले हरायो । स्वीडेनका लागि फ्रिडोलिना राल्फो र हान्ना बेनिसनले एकएक गर्दा स्वीटजरल्याण्डकी बच्मानले एक गोल फर्काँइन् ।

स्वीडेन दुई खेलबाट ४ अंकसहित दोस्रो स्थानमा पुगेको छ । स्वीटजरल्याण्ड तालिकाको पुछारमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्