खेलकूद
विश्वकप लिग टू मा नेपालले आज स्कटल्याण्डसँग खेल्दै
२०७९ असार २९ गते १०:०९

२९ असार २०७९ काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक श्रृङ्खलामा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ ।
आज स्कटल्याण्डलाई हराउँदै नेपाल श्रृङ्खलामा पहिलो जित निकाल्न चाहन्छ । तर, बलियो टोली स्कटल्याण्डलाई हराउन नेपाललाई सहज भने हुनेछैन ।
नेपाल १७ खेलमा १५ अंक जोडेर लिग टू को अङ्क तालिकामा छैटौं स्थानमा छ । स्कटल्याण्ड २१ खेलमा ३० अंक जोडेर दोस्रो स्थानमा छ ।
प्रतिक्रिया