खेलकूद

नेपालमा पौडी : न पूर्वाधार, न लगानी ! राष्ट्रिय कीर्तिमानको आत्मरतिमा रमाउँदै सङ्घ (भिडियो रिपोर्टसहित)

२०७९ असार २७ गते १८:१०
नेपालमा पौडी :  न पूर्वाधार, न लगानी ! राष्ट्रिय कीर्तिमानको आत्मरतिमा रमाउँदै सङ्घ (भिडियो रिपोर्टसहित)

२७ असार २०७९ काठमाडौं । पौडी नेपालमा लोकप्रिय खेल मध्य पर्छ । तर आवश्यक पूर्वाधार र धेरै लगानीका कारण यो खेल सबैको पहुँचमा छैन् । सीमित प्रशिक्षणकाबीच एकाध प्रतियोगितामा सहभागी हुनुपर्ने बाध्यता खेलाडीहरुलाई छ । यसैको नतिजा मान्न सकिन्छ नेपाली पौडीबाजहरु दक्षिण एसियाली खेलकुदमा मात्र सीमित हुने गरेका छन् ।

नेपाल पौडी संघले आयोजना गरेको १० औं एन.एस. ए. कप खुल्ला तथा उमेर समूह पौडी प्रतियोगितामा पुरुषतर्फ नासिर याह्या हुसेन र महिलातर्फ निभा मास्केले १०० मिटर फ्रिस्टाइलमा स्वर्ण जिते । खुल्लातर्फ प्रतिस्पर्धा गरेका नासिरले निर्धारित दूरी ५५ दशमलव ८१ सेकेन्ड र निभाले १ मिनेट २ दशमलव ८७ सेकेन्डमा दूरी पुरा गरे । १०० मिटर फ्रिस्टाइलमा यो समयले राष्ट्रिय कीर्तिमान पनि तोड्न सकेनन् । संघले गर्ने सीमित प्रतियोगिता र पर्याप्त तयारी नहुँदा पनि प्रतियोगितामा खेलाडीले भरपुर प्रयास गरे । तर नजिता सुधार भएन । योभन्दा उत्कृष्ट समय निकाल्न अब संघले नै योजनाबद्ध तयारी गर्नु आवश्यक छ ।

नेपालमै भएको १३ औं सागअन्तर्गत १ सय मिटर फ्रिस्टाइलको पुरुषतर्फ श्रीलंकाले स्वर्ण जित्यो । श्रीलंकाले ४९ दशमलव २७ सेकेन्डमा दूरी पूरा गर्दा नेपालका एलेक्सजेन्डर शाहले ५४ दशमलव १३ सेकेन्डमा पूरा गरे ।

यसै स्पर्धाको महिलातर्फ ५८ दशमलव १३ सेकेन्डमा पूरा गर्दै गौरिका सिंहले स्वर्ण जितिन् । ओलम्पिकमा नेपालबाट पुरुषतर्फ एलेक्सले ५३ दशमलव ४१ सेकेन्ड र महिलातर्फ गौरिकाले १ मिनेट शून्य दशमलव ११ सेकेन्डमा दूरी पूरा गरे । यो दुवै नेपालको राष्ट्रिय कीर्तिमान हो । तर यो विश्वस्तरीय प्रतियोगिताको दाँजोमा निकै खराब नतिजा हो ।

सागमा स्वर्ण जित्ने खेलाडीको समय अन्य प्रतियोगितामा हिट चरण पार गर्नेमा पुछारमा रहने खेलाडीको भन्दा निकै खराब छ । तर नेपालमा भने त्यही समय राष्ट्रिय कीर्तिमान रहने गरेको छ । त्यसैले विश्वस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्न नेपाली खेलाडीले समयमा अझै धेरै सुधार गर्न आवश्यक छ । यसमा संघले सुधारका योजना ल्याउनु जरुरी छ । नेपालमा अधिकांश खेल संघहरुको जस्तै नीति र योजनाको कमी पौडी संघमा पनि छ ।

पहिलो समस्या त पौडीका लागि देशैभरीनै आवश्यक पूर्वाधार छैन् । निकै खर्चिलो हुने भएकाले संघले तत्कालै पूर्वाधार बनाउने अवस्था पनि देखिँदैन । यस्तोमा एसियाली खेलकुद छनोटका रुपमा संघले गरेको प्रतियोगिता पनि औपचारिकतामै सीमित हुने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्