खेलकूद

महिला युरोकप फुटबलमा जर्मनीको विजयी शुरूवात

हिमालय टिभी
२०७९ असार २५ गते १०:०७
महिला युरोकप फुटबलमा जर्मनीको विजयी शुरूवात

२५ असार २०७९ काठमाडौं। महिला युरोकप फुटबलमा जर्मनीले विजयी शुरूवात गरेको छ ।

समूह बी मा आठ पटकको महिला युरोपेली च्याम्पियनसिप विजेता जर्मनीले डेनमार्कमाथि ४–० गोलको फराकिलो जित निकालेको हो ।

जर्मनीको जितमा लिना मागुल, लिए स्कुलेर, लिना लाटविन र एलेक्सजेन्ड्रा पोपले एकएक गोल गरे । खेलको अन्तिम समयमा डेनमार्क १० खेलाडीमा सीमित भएको थियो ।

जितपछि जर्मनी शीर्ष स्थानमा पुगेको छ । यसअघि यही समूहको अर्को खेलमा स्पेनले फिनल्याण्डलाई ४-१ ले हराएको थियो । स्पेन दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्