खेलकूद

फिफाका पूर्व अध्यक्ष ब्लाटर र उपाध्यक्ष प्लाटिनीलाई भ्रष्टाचार आरोपमा सफाइ

हिमालय टिभी
२०७९ असार २४ गते १७:४४
फिफाका पूर्व अध्यक्ष ब्लाटर र उपाध्यक्ष प्लाटिनीलाई भ्रष्टाचार आरोपमा सफाइ

२४ असार २०७९ काठमाडौं । भ्रष्टाचार मुद्दामा आरोपित विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)का पूर्वअध्यक्ष सेप ब्लाटर र उपाध्यक्ष मिचेल प्लाटिनीले सफाइ पाएका छन् ।

स्वीटजरल्याण्डको बेलिनजोनास्थित संघीय फौजदारी अदालतले ११ दिन लामो बयान लिएपछि आज ब्लाटर र प्लाटिनी निर्दोष रहेको ठहर गरेको हो ।

सन् २०११ को फेब्रुअरीमा ब्लाटरको सहयोगमा फिफाले प्लाटिनीलाई आर्थिक सहयोग गरेको भन्दै २०१५ मा दुई जनाविरुद्ध भ्रष्टाचारको मुद्दा लागेको थियो । आर्थिक अपचलन मुद्दा परेसँगै १७ वर्षसम्म फिफाको नेतृत्व गरेका ब्लाटरले २०१५ मा अध्यक्ष पद छाडेका थिए ।

त्यस्तै प्लाटिनीले पनि सन् २०१६ मा युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएको महासचिव पदबाट राजीनामा दिएका थिए ।

फिफाको इथिक्स कमिटिले यो घटनापछि ब्लाटरलाई आठ वर्ष प्रतिबन्ध लगाउने निर्णय गरे पनि पछि घटाएर ६ वर्षमा ल्याएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्