खेलकूद
महिला युरोकप फुटबलमा नर्वेको विजयी शुरूवात
२०७९ असार २४ गते ८:४०
२४ असार २०७९ काठमाडौं । महिला युरोकप फुटबलमा नर्वेले विजयी शुरूवात गरेको छ ।
समूह ए अन्तर्गत नर्वेले नर्दन आयरल्याण्डलाई ४–१ ले हरायो । साउथह्याम्पटनमा खेलको दशौं मिनेटमै नर्वेले जुली ब्ल्याकस्टडको गोलसँगै अग्रता लियो ।
लगत्तै तीन मिनेटपछि नै फ्रिडा मानुमले र ३१ औं मिनेटमा क्यारोलिन ग्राहम हान्सेन गोल थपेपछि नर्वेले ३–० को अग्रता बनायो । ४९औं मिनेटमा आयरल्याण्डकी जुली नेल्सनले गोल फर्काइन् ।
त्यसपछि ५४औं मिनेटमा गुरो राइटेनले गोल गरेपछि नर्वे ४१ ले विजयी भयो । जितसँगै नर्वे शीर्ष स्थानमा उक्लिएको छ। समान तीन अंकका साथ घरेलु टोली इंग्ल्याण्ड दोस्रो स्थानमा छ ।
प्रतिक्रिया