खेलकूद

कप्तान लामिछाने अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइज लिगमा आवद्ध

हिमालय टिभी
२०७९ असार २३ गते ९:०७
कप्तान लामिछाने अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइज लिगमा आवद्ध

२३ असार २०७९ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइज लिगमा आवद्ध हुनुभएको छ ।

उहाँलाई क्यारेबियन प्रिमियर लिग (सीपीएल)ले अनुबन्ध गरेको हो । अब सन्दीपले जमैका तलाबाजबाट खेल्नुहुनेछ । उहाँले जमैकाबाट दोस्रोपटक खेल्न लाग्नुभएको हो ।

सन् २०१८ देखि २०२० सम्म तीन संस्करण सीपीएलको अनुभव बटुल्दा सन्दीपले २२ खेलमा २७ विकेट लिनुभएको थियो ।

यसैबीच ८ असोजदेखि ५ कात्तिकसम्म नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा नेपाल टी–२० लिग हुँदैछ ।

क्यानले नेपाल टी–२० लिग होम तथा अवेको आधारमा आयोजना गर्ने तयारी गरेको छ । नेपाल टी–२० लिग समयमै भए सन्दीपले सीपीएल गुमाउन सक्ने सम्भावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्