खेलकूद
महिला युरोकप फुटबलमा इंग्ल्याण्डको विजयी शुरुवात
२०७९ असार २३ गते ८:१५
२३ असार २०७९ काठमाडौं । महिला युरोपियन च्याम्पियनसिप युरोकप फुटबलमा इंग्ल्याण्डले विजयी शुरुवात गरेको छ ।
युरोकपको उद्घाटन खेलमा समूह ए मा घरेलु टोली इंग्ल्याण्डले अष्ट्रियालाई १–० ले हरायो । ओल्ड ट्राफोर्डमा इंग्ल्याण्डको जितमा बेथ मिएडको एकमात्र गोल नै निर्णायक रह्यो ।
उनले १६औं मिनेटमा फ्रान किर्बीको पासलाई गोलमा परिणत गरेकी थिइन् । उद्घाटन खेलका लागि कीर्तिमानी ६८ हजार ८ सय भन्दा बढी दर्शकको उपस्थिति थियो ।
युरोकपमा आज स्पेन र फिनल्याण्ड तथा नर्वे र नर्दन आयरल्याण्डले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया