खेलकूद
क्यामरुन नोरी विम्बल्डन टेनिसको सेमिफाइनल प्रवेश
२०७९ असार २२ गते ७:३९

२२ असार २०७९ काठमाडौं । पुरुष एकलतर्फ बेलायतका क्यामरुन नोरी विम्बल्डन टेनिसको सेमिफाइनलमा पुगेका छन् ।
विम्बल्डन अन्तर्गत गएराति सम्पन्न दोस्रो क्वार्टरफाइनलमा बेल्जियमका डेविड गोफिनलाई ३–२ को संघर्षपूर्ण सेटमा हराउँदै नोरीले अन्तिम चारमा स्थान पक्का पारे ।
पहिलो सेट ३–६ ले गुमाएका नोरीले दोस्रो सेट ७–५ ले जितेका थिए । तर तेस्रो सेटमा गोफिन ६–२ ले विजयी भए । त्यसपछिका दुई सेट भने नोरीले ६–३ र ७–५ ले जिते ।
अब फाइनल प्रवेशका लागि नवौं वरियताका नोरीले शीर्ष वरियताका नोभाक जोकोभिचको सामना गर्नेछन् ।
यसअघि पहिलो क्वार्टरफाइनलमा जोकोभिचले १०औं वरियताका इटालीका जान्निक सिन्नरलाई ५–७, २–६, ६–३, ६–२ र ६–२ को सेटमा हराउँदै सेमिफाइनल पुगेका थिए ।
प्रतिक्रिया