खेलकूद

नेपाल र क्यानडाबीचको पहिलो एक दिवसीय खेल रद्द

हिमालय टिभी
२०७९ असार २२ गते ७:३१
नेपाल र क्यानडाबीचको पहिलो एक दिवसीय खेल रद्द

२२ असार २०७९ काठमाडौं । नेपाल र घरेलु टोली क्यानडाबीचको पहिलो एक दिवसीय खेल रद्द भएको छ ।

किङ सिटी रंगशालामा निर्धारित खेल वर्षाका कारण रद्द भएको हो । लगातार पानी परेका कारण खेलको टस समेत हुन सकेन । नेपालले क्यानडासँग दुई खेलको एक दिवसीय शृंखला खेल्नेछ ।

यसअन्तर्गत आज दोस्रो खेल हुँदैछ । विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा हुने त्रिकोणात्मक एक दिवसीय शृंखला अघि नेपाल क्यानडा भ्रमणमा गएको हो ।

यसअघि स्थानीय ओन्टारियो क्लबविरुद्ध खेलेका दुबै अभ्यास खेलमा नेपाल विजयी भएको थियो । किङ सिटी रंगशालामा आजको खेल नेपाली समय अनुसार राति पौने नौ बजे शुरू हुनेछ ।

क्यानडासँगको शृंखलापछि नेपाली टोली स्कटल्याण्ड प्रस्थान गर्नेछ । नेपालले लिग टू अन्तर्गतको शृंखलामा घरेलु टोली र नामिबियासँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्