खेलकूद

नेपाल र क्यानडाबीच आज पहिलो एक दिवसीय खेल हुँदै

हिमालय टिभी
२०७९ असार २१ गते ८:१०
नेपाल र क्यानडाबीच आज पहिलो एक दिवसीय खेल हुँदै

२१ असार २०७९ काठमाडौं । नेपाल र क्यानडाबीच आज पहिलो एक दिवसीय क्रिकेट खेल हुँदैछ ।

क्यानडा भ्रमणमा रहेको नेपालले पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय अन्तर्गत घरेलु टोलीको सामना गर्न लागेको हो ।

विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा हुने त्रिकोणात्मक एक दिवसीय शृंखला अघि नेपाल क्यानडा भ्रमण गएको हो । नेपालले क्यानडासँग दुई खेलको एक दिवसीय शृंखला खेल्नेछ । दोस्रो खेल भोलि हुनेछ ।

हिजो नेपालविरुद्धको एक दिवसीय शृंखलाका लागि घरेलु टोली क्यानडाले १४ सदस्यीय टोलीको घोषणा गरेको थियो ।यस अघि नेपालले स्थानीय ओन्टारियो क्लबसँग दुई वटा अभ्यास खेल खेलेको थियो ।

दुबै खेल नेपालले जितेको थियो । किङ सिटी स्टेडियममा खेल नेपाली समय अनुसार राति पौने नौ बजे शुरू हुनेछ ।

क्यानडासँगको शृंखलापछि नेपाली टोली स्कटल्याण्ड प्रस्थान गर्नेछ । नेपालले लिग टू अन्तर्गतको शृंखलामा घरेलु टोली र नामिबियासँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्