खेलकूद

निक किर्गियोस विम्बल्डन टेनिसको क्वार्टरफाइनल प्रवेश

हिमालय टिभी
२०७९ असार २१ गते ७:३२
निक किर्गियोस विम्बल्डन टेनिसको क्वार्टरफाइनल प्रवेश

२१ असार २०७९ काठमाडौं । अष्ट्रेलियाका निक किर्गियोस विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

अमेरिकी खेलाडी ब्रान्डन नाकासिमालाई ३–२ को संघर्षपूर्ण सेटमा पराजित गर्दै किर्गियोसले अन्तिम आठमा स्थान पक्का पारेका छन् । पहिलो सेटमा ४–६ ले पराजित भएका किर्गियोसले दोस्रो सेट ६–४ र तेस्रो सेट ७–६ ले जितेका थिए । तर चौथो सेटमा नाकासिमा ६–३ ले विजयी भए ।

त्यसपछिको पाँचौ तथा अन्तिम सेटमा किर्गियोसले ६–२ ले जित निकालेका थिए । सात वर्षमा पहिलो पटक मुख्य प्रतियोगिताको अन्तिम आठमा पुग्ने क्रममा नाकासिमालाई हराउन उनले ३ घण्टा ११ मिनेट लगाए ।

यससँगै पुरूष एकलतर्फको क्वार्टरफाइनल समिकरण पनि पूरा भएको छ । क्वार्टरफाइनलमा उनले चिलीका क्रिष्टिएन गारिनको सामना गर्नेछन् ।

यस्तै क्वार्टरफाइनलका अन्य खेलमा शीर्ष वरियताका नोभाक जोकोभिच र १०औं वरियताका जान्निक सिन्नर, डेविड गोफिन र क्यामरुन नोरी तथा दोस्रो वरियताका राफायल नाडाल र टेलर फिरिट्जबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्