खेलकूद

जान्निक सिन्नर विम्बल्डन टेनिसको चौथो चरणमा प्रवेश

हिमालय टिभी
२०७९ असार १८ गते ८:१०
जान्निक सिन्नर विम्बल्डन टेनिसको चौथो चरणमा प्रवेश

१८ असार २०७९ काठमाडौं । पुरुष एकलतर्फ जान्निक सिन्नर विम्बल्डन टेनिसको चौथो चरणमा प्रवेश गरेका छन् ।

इटालीका जान्निक सिन्नरले अमेरिकी खेलाडी जोन इश्नरलाई ३–० को सोझो सेटमा हराए । सिन्नर ६–४, ७–६ र ६–३ को सोझो सेटमा विजयी भएका हुन् ।

अब १०औं वरियताका सिन्नरले चौथो चरणमा पाँचौ वरियताका स्पेनिस खेलाडी कार्लोस अल्कारेजको सामना गर्नेछन् ।

त्यस्तै साविक विजेता तथा शीर्ष वरियताका नोभाक जोकोभिच पनि चौथो चरणमा पुगेका छन् ।

सर्वियाका जोकोभिचले आफ्नै देशका मिओमिर केमानोभिचलाई ६–०, ६–३ र ६४ को सेटमा पराजित गरे । जोकोभिचले चौंथो चरणमा नेदरल्याण्ड्सका टिम भानसँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्