खेलकूद

एण्डी मुर्रे विम्बल्डन टेनिसको दोस्रो चरणबाटै बाहिरिए

हिमालय टिभी
२०७९ असार १६ गते ७:३७
एण्डी मुर्रे विम्बल्डन टेनिसको दोस्रो चरणबाटै बाहिरिए

१६ असार २०७९ न्युयोर्क । बेलायती खेलाडी एण्डी मुर्रे विम्बल्डन टेनिसको दोस्रो चरणबाटै बाहिरिएका छन् ।

पुरुष एकलतर्फ मुर्रे अमेरिकाका जोन इश्नरसँग ३–१ को सेटमा पराजित भएका हुन् । इश्नरले पहिलो सेट ६–४ र दोस्रो सेट ७–६ ले जितेका थिए । मुर्रेले तेस्रो सेटमा ७–६ को जित निकाले । त्यसपछि चौथो सेटमा इश्नर ६–४ ले विजयी भए ।

निकै प्रतिस्पर्धात्मक रहेको खेल ३ घण्टा २३ मिनेटसम्म चलेको थियो । अब २०औं वरियताका इश्नरले तेस्रो चरणमा १०औं वरियताका २० वर्षीय इटालीका जान्निक सिन्नरको सामना गर्नेछन् ।

उता महिला एकलतर्फ बेलायतकै किशोरी एम्मा रादुकानु पनि दोस्रो चरणबाटै बाहिरिएकी छन् । १९ वर्षीया रादुकानुलाई फ्रान्सकी क्यारोलाइन गार्सियाले ६–३ र ६३ को सोझो सेटमा हराइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्