खेलकूद

गाउँपालिकाले गर्‍यो क्रिकेट खेलाडीलाई नगदसहित सम्मान

२०७९ असार १५ गते १८:४८
गाउँपालिकाले गर्‍यो क्रिकेट खेलाडीलाई नगदसहित सम्मान

१५ असार २०७९ धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले तीन जना क्रिकेट खेलाडीलाई सम्मान गरेको छ ।

बेनीघाट रोराङबाट बागमती प्रदेशस्तरीय क्रिकेट खेल्ने ३ जना खेलाडी श्याम त्रिपाठी, आशिष मिया र एन्जल सिलवाललाई बुधबार गाउँपालिकाले जनही २५ हजार नगदसहित सम्मान गरेको हो ।

धादिङको इतिहासमा पहिलो पटक प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा भाग लिँदै उपविजेता बनेको अवसरमा तत्कालिन पालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले बेनीघाटका ३ जना खेलाडीलार्य २५–२५ हजार र क्रिकेट संघ धादिङलाई ५० हजार प्रदान गर्ने घोषणा गर्नुभएको थियो ।

उक्त घोषणालाई नवनिर्वाचित पालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) ले कार्यान्वयनमा ल्याउँदै गाउँपालिकाले खेलाडी र क्रिकेट संघ धादिङलाई नगद सहित सम्मान गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्