खेलकूद

विम्बल्डन टेनिसमा राफायल नाडालको विजयी शुरुवात

हिमालय टिभी
२०७९ असार १५ गते ८:००
विम्बल्डन टेनिसमा राफायल नाडालको विजयी शुरुवात

१५ असार २०७९ काठमाडौं । पुरुष एकलतर्फ राफायल नाडालले विम्बल्डन टेनिसमा विजयी शुरुवात गरेका छन् ।

दोस्रो वरियताका नाडालले अर्जेन्टिनाका फ्रान्सिस्को सेरुन्डोलोलाई ३–१ को सेटमा हराउँदै दोस्रो चरणमा प्रवेश गरे । स्पेनिस खेलाडी नाडालले पहिलो सेट ६–४ र दोस्रो सेट ६–३ ले जिते । तर तेस्रो सेटमा भने फ्रान्सिस्को ६–३ ले विजयी भएका थिए ।

त्यसपछिको चौथो तथा अन्तिम सेट नाडालले ६–४ ले जिते । कीर्तिमानी २२ औं पटकको ग्राण्डस्लाम विजेता ३६ वर्षीय नाडालले दोस्रो चरणमा लिथुनियाका रिकार्डस बेरानकिससँग प्रतिस्पर्धा गर्नेछन् ।

यससँगै पुरूष एकलतर्फ पहिलो चरणका खेल सम्पन्न भएका छन् । उता महिला एकलतर्फ अमेरिकी खेलाडी सेरेना विलियम्स पहिलो चरणबाटै बाहिरिएकी छिन् ।

झण्डै एक वर्षपछि कोर्ट फर्किएकी सेरेना फ्रान्सकी हार्मोनी टानसँग ५–७, ६–१ र ६–७ को सेटमा पराजित भइन् । महिलातर्फ शीर्ष वरियताकी इगा स्वेटेकले पनि दोस्रो चरणमा पुगेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्