खेलकूद

क्रिकेट टोली आज क्यानडा प्रस्थान

हिमालय टिभी
२०७९ असार १४ गते ८:२९
क्रिकेट टोली आज क्यानडा प्रस्थान

१४ असार २०७९ काठमाडौं । नेपाली क्रिकेट टोली आज क्यानडा प्रस्थान गरेको छ।

आईसीसी विश्व लिग टू क्रिकेट शृंखलाको तयारीका लागि टोली क्यानडा गएको हो । क्यानडासँग अभ्यासपछि नेपाली टोली स्कटल्याण्ड र नामेबियासँगको शृंखला खेल्नेछ। नेपालले असार २० र २१ गते क्यानडाविरुद्ध दुई वटा एक दिवसीय क्रिकेट खेल्ने तालिका छ ।

नेपालले स्थानीय एक क्लबसँग पनि एउटा खेल खेल्ने छ । त्यसपछि नेपाल स्कटल्याण्ड जानेछ । लिग तालिकाको पाँचौ स्थानमा रहेको नेपालले १६ खेलबाट सात जित, आठ हार र एक बराबरीसहित १५ अंक जोडेको छ ।

तालिकाको दोस्रो स्थानको स्कटल्याण्डले २० खेलबाट २८ अंक जोड्दा छैटौं स्थानको नामिबियाले १४ खेलबाट १४ अंक जोडेका छन् । आईसीसी विश्वकप क्रिकेट लिगमा अब नेपालले २० खेल खेल्न बाँकी छ ।

क्यानडा र स्कटल्याण्ड भ्रमणका लागि सन्दिप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको छ ।

लिग(२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको एक दिवसीय शृंखला असारको २७ गतेदेखि शुरू हुँदैछ । नेपालले असार २७ र ३२ गते नामिबियासँग तथा २९ गते र साउन १ गते स्कटल्याण्डसँग खेल्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्