खेलकूद

नोभाक जोकोभिच र एण्डी मुर्रेको विजयी शुरुवात

हिमालय टिभी
२०७९ असार १४ गते ८:२३
नोभाक जोकोभिच र एण्डी मुर्रेको विजयी शुरुवात

१४ असार २०७९ काठमाडौं । साविक विजेता नोभाक जोकोभिच र एण्डी मुर्रेले विम्बल्डन टेनिसमा विजयी शुरूवात गरेका छन् ।

शीर्ष वरियताका जोकोभिचले दक्षिण कोरियाका क्वान सुन ओ माथि ३–१ को सेटमा जित निकाले । सर्बियाका जोकोभिचले पहिलो सेट ६–३ ले जितेका थिए ।

दोस्रो सेटमा भने क्वान ३–६ ले विजयी भए । त्यसपछिका दुई सेट जोकोभिचले ६–३ र ६–४ ले जिते ।

त्यस्तै बेलायतका मुर्रे पनि प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन् । मुर्रेले अष्ट्रेलियाका जेम्स डकवर्थलाई ४–६, ६–३, ६–२ र ६४ को सेटमा हराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्