गमगढीमा खेल मैदान नहुँदा विद्यालय बन्द गरेर खेलकुद कार्यक्रम सञ्चालन (भिडियो रिपोर्टसहित)

१३ असार २०७९ मुगु । प्रतियोतिता सन्चालनका लागि मैदान र कभर्डहल नै नहुँदा सामुदायिक विद्यालय नै बन्द गरेर मुगुको गमगढीमा ११ औं राष्ट्रपति रनिङ्गशिल्ड आयोजना गरियो । तर यो पहिलो पटक भने होइन ।
जिल्लामा आयोजना हुने ठूला कार्यक्रमका लागि संरचना नहुँदा विद्यालय बन्द गर्नुपर्ने अवस्था छ ।
यो श्री महाकाली नमूना माध्यामिक विद्यालयको मैदान, यहाँ ११ औं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता हुँदा पठनपाठन बन्द भयो । पढाई नहुने भएपछि केही विद्यार्थी घर फर्किए भने कोही खेल हेर्न व्यस्त भए ।
मुगुमा खेल मैदान नहुँदा यही विद्यालयमा हरेक खेलकुदका कार्यक्रम, सार्वजनिक कार्यक्रम, राजनीतिक सभा पनि गरिन्छन् ।
कार्यक्रमहरु गर्न दबाब आउने गरेपछि पठनपाठनमा असर पर्ने भए पनि कार्यक्रम सञ्चालन गर्न बाध्य हुनु परेको प्रधानध्यापकको गुनासो छ ।
जिल्लामा खेलमैदान र कभर्डहलका लागि निरन्तर पहल गरे पनि सफलता हात नलागेको खेलकूद विकास समितिले जनाएको छ ।
विद्यालय बन्द गरेर खेलकुदका कार्यक्रम गर्ने स्थितिको अन्त्य हुनु पर्नेमा मुगुका नागरिक अगुवाको जोड छ ।
शिक्षासँगै खेलकूदको गतिविधि पनि हुनु आवश्यक छ । तर विद्यालय नै बन्द गरेर हुने खेलकूद प्रतियोगिता स्वीकार्य हुन सक्दैन ।
प्रतिक्रिया