राजनीति

एकीकृत समाजवादीभित्रको विवाद उत्कर्षमा, दश सांसदले गरे विद्रोह

हिमालय टिभी
२०७९ असार १० गते १२:५३
एकीकृत समाजवादीभित्रको विवाद उत्कर्षमा, दश सांसदले गरे विद्रोह

१० असार २०७९ काठमाडौं । मन्त्री हेरफेरको निर्णयले नेकपा एकीकृत समाजवादीमा विवाद देखिएको छ । चारमन्त्रीसहित १० सांसदले अध्यक्ष माधवकुमार नेपाललाई पत्र लेख्दै असन्तुष्टि जनाएका छन् ।

उनीहरुले अध्यक्ष नेपाललाई ध्यानाकर्षण पत्र पठाउँदै मन्त्रिपरिषद् पुनर्गठन गर्ने कुरा स्वाभाविक मान्न नसकिने बताएका छन् । पार्टीबाट मन्त्री भएकाहरुलाई पटक–पटक अपराधीलाई जस्तो व्यवहार गरिएको भन्दै पत्रमार्फत् असन्तुष्टि पनि जनाएका छन् ।

आठ बुँदे ध्यानाकर्षण पत्रमा मन्त्रीहरु विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्णकुमार श्रेष्ठको हस्ताक्षर छ । त्यस्तै सांसदहरू कृष्णलाल महर्जन, गोपालबहादुर बम, विनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैरुले पनि हस्ताक्षर गर्नुभएको छ ।

अध्यक्ष नेपालले यसअघि नै अहिलेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई नाम सिफारिस गरेर पठाउनुभएको थियो । तर बजेट अधिवेशन चलिरहेको र मन्त्रीहरुले जवाफ दिनुपर्ने भन्दै तत्कालका लागि मन्त्री हेरफेरको गृहकार्य स्थगित गरिएको थियो ।

बजेट पारित भइसकेपछि फेरि पनि अध्यक्ष नेपालले मन्त्री हेरफेर गर्नुपर्ने बताएपछि एकीकृत समाजवादीबाट मन्त्री बनेकाहरु रुष्ट छन् ।

उनीहरुले बुझाएको ध्यानाकर्षण पत्रमा बजेट पास भएपछि गठबन्धनमा रहेका दलहरुसँग सल्लाह गरेर पार्टीको निर्णय कार्यान्वयन गर्ने भनेर दिएको निष्कर्ष विपरीत पटक–पटक आजैरभोलि मन्त्रीहरुलाई शपथ गराउन प्रधानमन्त्रीलाई दिएको दबाब किमार्थ राम्रो मान्न नसकिने उल्लेख छ ।

उनीहरुले आफ्नो मागमा छलफलका लागि तत्काल संसदीय दलको बैठक बोलाउन माग समेत गरेका छन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्