खेलकूद

महिला टी–२० क्रिकेटमा आज नेपाल र यूएई भिड्दै

हिमालय टिभी
२०७९ असार १० गते ८:००
महिला टी–२० क्रिकेटमा आज नेपाल र यूएई भिड्दै

१० असार २०७९ काठमाडौं । मलेसियामा जारी एसीसी महिला ट्वेन्टी–ट्वेन्टी च्याम्पियनसिपमा आज सेमिफाइनलका खेल हुँदैछन् ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपाल र युएई भिड्दै छन् । नेपाल समूह बी को उपविजेता टोली हो भने युएई समूह ए को विजेता टोली हो ।

नेपाल चार खेलमध्ये तीन खेलमा विजयी हुँदा युएई अपराजित रहँदै सेमिफाइनल पुगेको हो ।

क्वालालाम्पुरको किनरारा ओभल मैदानमा खेल नेपाली समय अनुसार सवा ८ बजे शुरू हुनेछ ।

आजै हुने अर्को सेमिफाइनलमा हङकङ र मलेसियाले प्रतिस्पर्धा गर्नेछन् । हङकङ समूह बी को विजेता र मलेसिया समूह ए को उपविजेता हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्