खेलकूद

अष्ट्रेलियाविरुद्धको चौथो एक दिवसीय खेलमा श्रीलंका विजयी

हिमालय टिभी
२०७९ असार ८ गते ८:१८
अष्ट्रेलियाविरुद्धको चौथो एक दिवसीय खेलमा श्रीलंका विजयी

८ असार २०७९ काठमाडौं । अष्ट्रेलियाविरुद्धको चौथो एक दिवसीय खेल श्रीलंकाले जितेको छ ।

घरेलु टोली श्रीलंकाले अष्ट्रेलियालाई चौथो खेलमा ४ रनले हराउँदै शृंखला ३–१ ले जितेको हो । २५९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित ओभरमा अलआउट हुँदै २५४ रन मात्र बनाउन सक्यो । उसका लागि डेभिड वार्नरले ९९ रनको अर्धशतकीय इनिंग्स खेले ।

त्यस्तै प्याट कुमिन्स ३५, टार्भिस हेड २७ तथा मिचेल मार्श २६ रनमा आउट भए । श्रीलंकाका धनञ्जय सिल्भा, जेफ्री वन्डरसे र चामिका करुनारत्नेले समान २–२ विकेट लिए ।

यसअघि कोलम्बोमा टस हारेर ब्याटिङ गरेको श्रीलंका एक ओभर अगावै २५८ रनमा अलआउट भएको थियो । श्रीलंकाका चारिथ असलंकाले ११० रनको शतकीय इनिंग्स खेले । धनञ्जय डी सिल्भाले ६० रनको जोडे ।

अष्ट्रेलियाका मिचेल मार्श, म्याथ्यु कुहनेमन र प्याट कुमिन्सले समान २–२ विकेट हात पारे । यससँगै श्रीलंकाले पाँच खेलको शृंखला एक खेल अगावै ३१ ले जितेको छ।

श्रीलंकाले घरेलु भूमिमा २० वर्षपछि अष्ट्रेलियाविरुद्धको एक दिवसीय शृंखला जितेको हो । पाँचौ तथा अन्तिम खेल शुक्रबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्