खेलकूद

दक्षिण एसियाली करातेमा नेपाल बन्यो १२ स्वर्णसहित टिम च्याम्पियन

हिमालय टिभी
२०७९ असार ६ गते ८:४२
दक्षिण एसियाली करातेमा नेपाल बन्यो १२ स्वर्णसहित टिम च्याम्पियन

५ असार २०७९ काठमाडौं । भारतमा सम्पन्न दक्षिण एसियाली कराते प्रतियोगितामा नेपाल टिम च्याम्पियन बनेको छ ।

राजस्थानको जयपुरमा सम्पन्न प्रतियोगितामा १२ स्वर्णसहित १६ पदक जित्दै नेपाल टिम च्याम्पियन बनेको हो । कुमुतेतर्फ उमेर समूहबाट वर्षा केसी, झरना केसी, एन्जिला राई, शर्मिला वाइवा, सुरोज राजबाहक, साहिल घलेले स्वर्ण पदक जिते ।

यस्तै ४५ केजी तौल समुहमा पुष्पा लामा, ५० केजीमा वर्षा बुढा मगर, ६८ केजीमा एरिका गुरुङ, ५५ केजीमा साजन बल र ६० केजीमा सन्तोष श्रेष्ठले स्वर्ण पदक जितेका छन् ।

काता विधामा सुरेन्द्र तामाङले स्वर्ण पदक जितेका छन् । यस्तै कुमुतेतर्फ उमेर समुहमा रुपक श्रेष्ठ र ५० केजी तौल समूहमा सम्मन श्रेष्ठले रजत पदक जितेका छन ।

यसैगरी ६७ केजी तौल समूहमा सुरेन्द्र तामाङ र ८४ केजी तौल समूहमा सञ्जय महर्जनले कास्य पदक जितेका छन् । प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, भुटान र श्रीलंकाका खेलाडीले भाग लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्