महिला टी–२० क्रिकेटमा आज नेपाल र कुवेत भिड्दै
४ असार २०७९ काठमाडौं । मलेसियामा जारी एसीसी महिला ट्वेन्टी–ट्वेन्टी च्याम्पियनसिपमा नेपालले आज दोस्रो खेल खेल्दैछ ।
प्रतियोगिताअन्तर्गत नेपालले आज कुवेतसँग खेल्न लागेको हो । नेपाल आज लगातार दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदान ओर्लने छ ।
कुवेत भने पहिलो जितको खोजिमा रहनेछ । कुवेत र बहराइनबीचको पहिलो खेल वर्षाले नतिजाविहीन बनेको थियो ।
क्वालालाम्पुरको किनरारा मैदानमा खेल नेपाली समय अनुसार दिउँसो पौने एक बजे शुरू हुनेछ । आफ्नो पहिलो खेलमा हिजो नेपालले भुटानलाई ५० रनले हराएको थियो ।
१० टोली रहने प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह बीमा नेपालसँगै हङकङ, कुवेत, भुटान र बहराइन छन् ।
समूह ए मा मलेसिया, युएई, ओमान, कतार र सिंगापुर छन् । नेपालले सोमबार बहराइन र अन्तिम खेल मंगलबार हङकङसँग खेल्नेछ ।
प्रतिक्रिया