खेलकूद

महिला टी–२० च्याम्पियनसिप आजदेखि मलेसियामा शुरु हुँदै

हिमालय टिभी
२०७९ असार ३ गते ९:३१
महिला टी–२० च्याम्पियनसिप आजदेखि मलेसियामा शुरु हुँदै

३ असार २०७९ काठमाडौं । एसीसी महिला ट्वेन्टी–ट्वेन्टी च्याम्पियनसिप आजदेखि मलेसियामा शुरू हुँदैछ ।

प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले आज भुटानसँग खेल्दै प्रतियोगिताको शुरूवात गर्दैछ । यूएसडी यूकेएम ओभलमा हुने खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे शुरू हुनेछ ।

दुबै टोलीको लक्ष्य आज जित निकाल्दै प्रतियोगिताको सुखद शुरूवात गर्ने रहनेछ । १० टोली रहने प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह बी मा नेपालसँगै हङकङ, कुवेत, भुटान र बहराइन छन् ।

समूह ए मा मलेसिया, युएई, ओमान, कतार र सिंगापुर छन् । समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।

त्यस्तै फाइनल पुग्ने दुबै टोली महिला ट्वेन्टी–ट्वेन्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।

नेपालले दोस्रो खेलमा भोलि कुवेतसँग सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्