तेस्रो तथा अन्तिम खेलमा पनि नेपाल पराजित
१ असार २०७९ काठमाडौं । एएफसी एसियन कप छनोटको आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपाल पराजित भएको छ ।
कुवेतको जाबिर अल अहमद रंगशालामा गएराति नेपाल इण्डोनेसियासँग ७–० गोलको फराकिलो अन्तरले पराजित हुन पुगेको हो । १० खेलाडीमा सीमित नेपालले पहिलो हाफमा दुई र दोस्रो हाफमा थप पाँच गोल खाएको थियो ।
छैटौं मिनेटमा मुहमद दिमास द्रजाडले इण्डोनेसियालाई अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा डिफेन्डर सुमन अर्यालले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा नेपाल १० खेलाडीमा समेटिएको थियो ।
त्यसपछि इण्डोनेसियाका लागि ४३ औं मिनेटमा वितान सुलेमान, ५४ औं मिनेटमा आर्यन्टो, ५५ औं मिनेटमा साद्दिल रामदानी, ८० औं मिनेटमा एल्कन बाग्गोट, ८१ औं मिनेटमा सुलेमानले व्यक्तिगत दोस्रो गोल र इञ्जुरी समयमा मार्सेलिनो फेर्डिनानले गोल थपेका थिए ।
हारपछि समूह ए मा पुछारमा रहेको नेपालले अंकविहीन रहँदै प्रतियोगिताको अन्त्य गरेको छ । नेपाललाई छनोटको पहिलो खेलमा जोर्डनले २–० र दोस्रो खेलमा आयोजक कुवेतले ४१ ले हराएका थिए ।
प्रतिक्रिया