खेलकूद

आईसीसी एक दिवसीय क्रिकेटमा नेपालको वरीयता यथावत्

हिमालय टिभी
२०७९ जेठ ३१ गते ९:१६
आईसीसी एक दिवसीय क्रिकेटमा नेपालको वरीयता यथावत्

३१ जेठ २०७९ काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को एक दिवसीय वरीयतामा नेपाल यथावत रहेको छ ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपालको एक दिवसीय वरीयता १९ औं स्थानमा यथावत रहेको हो। अघिल्लो वरीयतामा पनि नेपाल १९ औं स्थानमा थियो ।

नयाँ वरीयतामा न्यूजिल्याण्ड शीर्ष स्थानमा छ । इंग्ल्यान्ड दोस्रो र अष्ट्रेलिया तेस्रो स्थानमा छ ।

भारतलाई पछि पार्दै पाकिस्तान चौंथो स्थानमा उक्लिएको हो । भारत पाँचौं स्थानमा झरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्