खेलकूद

अस्ट्रेलिया सन् २०२२ को विश्वकपका लागि छनोट

हिमालय टिभी
२०७९ जेठ ३१ गते ९:१०
अस्ट्रेलिया सन् २०२२ को विश्वकपका लागि छनोट

३१ जेठ २०७९ काठमाडौं । अस्ट्रेलिया सन् २०२२ को विश्वकपका लागि छनोट भएको छ ।

अन्तरमहादेशीय प्लेअफमा पेरुलाई हराउँदै अस्ट्रेलिया कतारमा हुने विश्वकपमा छनोट हुने ३१ औँ टोली बनेको हो ।

गोलकिपर एन्ड्रयु रेडमेन नायक बनेपछि अस्ट्रेलियाले पेरुलाई पेनाल्टी सुटआउटमा ५– ४ ले हरायो। अस्ट्रेलिया सन् २००६ को विश्वकपपछि लगातार प्रतियोगितामा छनोट हुँदै आएको छ ।

अस्ट्रेलिया समूह डीमा फ्रान्स, डेनमार्क र ट्युनिसियासँग रहनेछ । विश्वकपमा छनोट हुने अन्तिम टोलीको टुंगो आज लाग्नेछ । अन्तिम स्थानका लागि कोस्टारिका र न्यूजिल्याण्ड भिड्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्