खेलकूद

त्रिकोणात्मक क्रिकेट श्रृङ्खलामा आज नेपाल र अमेरिका भिड्दै

हिमालय टिभी
२०७९ जेठ २८ गते ७:२०
त्रिकोणात्मक क्रिकेट श्रृङ्खलामा आज नेपाल र अमेरिका भिड्दै

२८ जेठ २०७९ काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–टु श्रृङखलामा नेपालले आज दोस्रो खेल खेल्दैछ ।

विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक श्रृङखलामा नेपालले आज घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो । टेक्ससस्थित मोसा क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार राति सवा ९ बजे शुरू हुनेछ ।

नेपाल आज पहिलो जित निकाल्ने लक्ष्यमा रहनेछ । अमेरिका भने लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान ओर्लने छ ।

नेपाललले पछिल्ला चार खेलमध्ये ३ खेलमा अमेरिकालाई हराएको छ भने एक खेलमा हारको सामना गरेको छ। त्रिकोणात्मक श्रृङ्खलाको आफ्नो पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । १२ अंक रहेको नेपालले १३ खेल खेल्दै ६ मा जित र सातमा हार व्यहोरेको छ ।

नेपाल छैटौं स्थानमा छ । अमेरिका २१ खेलबाट १० मा जित र ११ हारसहित २० अंकसहित चौथो स्थानमा रहेको छ । ओमान ३४ खेलमा ४२ अंकका साथ शीर्ष स्थानमा कायमै छ ।

नेपालले तेस्रो खेलमा फेरि ओमानसँग जेठ ३१ गते र अन्तिम खेल, अमेरिकासँग असार १ गते खेल्ने तालिका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्