खेलकूद

श्रीलंकाविरुद्धको पहिलो ट्वेन्टी–ट्वेन्टीमा अष्ट्रेलिया विजयी

हिमालय टिभी
२०७९ जेठ २५ गते ८:२९
श्रीलंकाविरुद्धको पहिलो ट्वेन्टी–ट्वेन्टीमा अष्ट्रेलिया विजयी

२५ जेठ २०७९ श्रीलंका । श्रीलंकाविरुद्धको पहिलो ट्वेन्टी–ट्वेन्टीमा अष्ट्रेलिया विजयी भएको छ ।

पाहुना टोली अष्ट्रेलियाले श्रीलंकामाथि १० विकेटको फराकिलो जित निकालेको हो । १२९ रनको मध्यम लक्ष्य अष्ट्रेलियाले बिना विकेट १४औं ओभरमा पूरा गरेको थियो ।

उसका लागि डेभिड वार्नरले अविजित ७० रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै कप्तान आरोन फिञ्च ६१ रनमा नटआउट रहे ।

यसअघि कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली श्रीलंका ३ बल अगावै १२८ रनमा अलआउट भएको थियो । उसका लागि चारिथ असलंकाले ३८, पाथुम निशंकाले ३६ तथा धनुश्का गुनाथलिकाले २६ रन जोडे ।

बलिङतर्फ अष्ट्रेलियाका जोश हेजलउडले ४ तथा मिचेल मार्शले ३ विकेट लिए । जितसँगै अष्ट्रेलियाले ३ खेलको शृंखलामा १० को अग्रता बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *