खेलकूद

विश्वकप खेल्ने महिला क्रिकेट टोलीको सम्भावना समाप्त

हिमालय टिभी
२०७९ जेठ २४ गते १४:४८
विश्वकप खेल्ने महिला क्रिकेट टोलीको सम्भावना समाप्त

२४ जेठ २०७९ काठमाडौं । मलेसियामा जारी उन्नाइस वर्षमुनिको महिला आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप एसिया छनोटमा नेपाल थाइल्याण्डसँग ४९ रनले पराजित भएको छ । यो हारसँगै नेपालको विश्वकपमा छनोट हुने सम्भावना सकिएको छ ।

मलेसियाको युकेएम ओभलमा थाइल्याण्डले दिएको ९० रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभर ५ बलमा ४० रन बनाउँदा अलआउट भयो । नेपालका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सृष्टि जैशीले अविजित ७ रन बनाउँदा साना प्रविन ६, अनु कडायत ५, कृतिका मरासिनी, मनिसाकुमारी उपाध्याय र अन्जली विश्वकर्मा ३–३ तथा रन्जु श्रेष्ठ र स्नेहा महरा १–१ रनमा आउट भए । सानु राजवंशी र मनिषा राना शून्य रनमा आउट भए । थाइल्याण्डका नन्थिता बोसुखामले ३ विकेट लिइन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ७ विकेट गुएर ८९ रन बनाएको थियो ।

थाइल्याण्डका लागि थिपत्चा पुत्थावोङले २० रन जोडिन । बान्थिदा लेप्हाथानाले १९ तथा सुवानन खिओतोले १६ रन बनाए । नेपालकी मनिषा कुमारी उपाध्याय र कृतिका मरासिनीले २२ विकेट लिए । स्नेहा महराको नाममा एक विकेट रह्यो । नेपालको यो तेस्रो हार हो ।

नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल तेस्रो स्थानमा छ । पहिलो खेलमा कतारलाई ७९ रनले हराएको नेपाल दोस्रो खेलमा युएईसँग १० विकेटले पराजित भएको थियो । यो खेलमा नेपाल ८ रनमा अलआउट भएको थियो ।

तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हराएको थियो । थाइल्याण्डको यो लगातार चौथो जित हो । थाइल्याण्ड ४ खेलमा ८ अंक जोडेर शीर्ष स्थानमा छ । प्रतियोगिताको उपाधि विजेताले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने १९ वर्ष मुनिको महिला ट्वेन्टी-ट्वेन्टी विश्वकप खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्