खेलकूद

महिला टी–ट्वेन्टी क्रिकेटमा नेपालले आज थाइल्याण्डको सामना गर्दै

हिमालय टिभी
२०७९ जेठ २४ गते ८:५६
महिला टी–ट्वेन्टी क्रिकेटमा नेपालले आज थाइल्याण्डको सामना गर्दै

२४ जेठ २०७९ काठमाडौं । मलेसियामा जारी उन्नाइस वर्षमुनिको महिला आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप एसिया छनोटमा नेपालले आज थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।

मलेसियाको युकेएम ओभलमा नेपालले आफ्नो चौथो खेलमा ‍थाइल्याण्डको सामना गर्न लागेको हो । नेपालले यसअघिका तीन मध्ये दुईमा जित निकाल्दा एकमा हार व्यहोरेको छ ।

पहिलो खेलमा कतारलाई ७९ रनले हराएको नेपाल दोस्रो खेलमा युएईसँग १० विकेटले पराजित भएको थियो । तेस्रो खेलमा भने नेपालले भुटानलाई ४ विकेटले हराएको थियो । नेपाल ३ खेलबाट ४ अंकसहित तेस्रो स्थानमा छ ।

उता थाइल्याण्ड आज लगातार चौथो जित निकाल्ने लक्ष्यका साथ मैदान ओर्लने छ । थाइल्याण्ड तीन खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा छ ।

छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्