खेलकूद

एसियाली खेलकुदका लागि आजदेखि बन्द प्रशिक्षण

हिमालय टिभी
२०७९ जेठ २४ गते ८:०१
एसियाली खेलकुदका लागि आजदेखि बन्द प्रशिक्षण

२४ जेठ २०७९ काठमाडौं । १९ औँ संस्करणको एसियाली खेलकुदका लागि बन्द प्रशिक्षण आजदेखि शुरू हुँदैछ ।

चीनमा आयोजना हुने एसियन गेम्सका लागि बन्द प्रशिक्षण शुरू हुन लागेको हो । आजदेखि महिला फुटबलसहित २३ खेलका खेलाडीको प्रशिक्षण शुरू गर्ने राष्ट्रिय खेलकुद परिषद् राखेपले जनाएको छ ।

प्रशिक्षणका लागि राखेपले ४० जना महिला फुटबल खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइसकेको छ ।

नेपालबाट एसियन खेलमा २३ वटा खेलको सहभागिता रहने निर्णय भएको छ । तर एसियन खेल भने स्थगित भइसकेको छ । प्रतियोगिताको नयाँ मिति घोषणा नभए पनि राखेपले बन्द प्रशिक्षण आजदेखि थाल्ने भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्