खेलकूद
नाडाललाई फ्रेन्च ओपन टेनिसको उपाधि
२०७९ जेठ २३ गते ९:३२
२३ जेठ २०७९ पेरिस । स्पेनिस टेनिस स्टार राफायल नाडालले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् ।
फ्रान्सको पेरिसमा हिजो भएको फाइनल खेलमा कास्पर रुडलाई हराउँदै नाडालले उपाधि जितेका हुन् । नाडालले आठौं वरीयताका नर्वेजियन रुडलाई ६–३, ६–३ र ६–० को सेटमा पराजित गर्नुभयो ।
जितसँगै पाँचौ वरीयताका नाडालले कीर्तिमानी १४ औं पटक फ्रेन्च ओपन जित्नु भएको छ ।
प्रतिक्रिया