खेलकूद

एसिया कप छनोटका रुपमा रहेको च्याम्पियनसिपमा फाइनल पुग्ने यस्तो छ नेपालको तयारी (भिडियो रिपोर्टसहित)

२०७९ जेठ २२ गते २१:४०
एसिया कप छनोटका रुपमा रहेको च्याम्पियनसिपमा फाइनल पुग्ने यस्तो छ नेपालको  तयारी (भिडियो रिपोर्टसहित)

२२ जेठ २०७९ काठमाडौं । एसीसी महिला ट्वेन्टी–ट्वेन्टी च्याम्पियनसिपका लागि राष्ट्रिय महिला टोली अहिले अभ्यासमा व्यस्त छ । एसिया कप छनोटका रुपमा रहेको च्याम्पियनसिपमा फाइनल पुग्ने लक्ष्य लिएर नेपालले तयारी गरिरहेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा यतिबेला राष्ट्रिय टोलीका महिला खेलाडी दैनिक कडा परिश्रम गरिरहेका छन् । एसिया कप छनोटको रुपमा रहेको महिला ट्वेन्टी ट्वेन्टी च्याम्पियनसिपका लागि खेलाडी अन्तिम चरणको तयारी गरिरहेका हुन् ।

प्रशिक्षणमा रहेकाबाट नेपाल क्रिकेट संघ क्यानले शनिवारमात्र १९ सदस्यीय टोली घोषणा गर्यो । अब केहि दिनको प्रशिक्षण पछि १५ सदस्यीय अन्तिम टोली छनोट गरिनेछ । पछिल्लो पटक युगाण्डासँग सिरिजमा सुधारिएको ब्याटिङ गरेको टोलीले यो पटक फिटनेस र फिल्डिङमा विशेष ध्यान दिइरहेको छ ।

युगाण्डासँगको सिरिज लगत्तै निरन्तर अभ्यासमा रहेको टोलीको ब्याटिङ सुधार भए पनि सिरिजका क्रममा देखिएको फिल्डिङ समस्यामा प्रशिक्षकले ध्यान दिइरहेका छन् ।

च्याम्पियनसिपमा नेपाल रहेको समूह बी मा बहराइन, भुटान, हङकङ र कुवेत छन् । प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ए मा मलेसिया, ओमान, कतार, सिंगापुर र यूएई छन् ।

जुन १७ देखि २५ सम्म मलेसियमा हुने च्याम्पियनसिपमा दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनलमा प्रवेश गर्ने दुई टोली अक्टोबरमा महिला ट्वेन्टी–ट्वेन्टी एसिया कपका लागि छनोट हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्