खेलकूद

इगा स्विटेकलाई फ्रेञ्च ओपन टेनिसको उपाधि

हिमालय टिभी
२०७९ जेठ २२ गते ८:२६
इगा स्विटेकलाई फ्रेञ्च ओपन टेनिसको उपाधि

२२ जेठ २०७९ काठमाडौं । महिला एकलतर्फ फ्रेञ्च ओपन टेनिसको उपाधि पोल्याण्डकी इगा स्विटेकले जितेकी छन् ।

अमेरिकाकी १८ वर्षीया किशोरी कोको गउफलाई २–० को सेटमा हराउँदै शीर्ष वरियताकी स्विटेक च्याम्पियन बनेकी हुन् ।

दोस्रो पटक फ्रेञ्च ओपन जित्ने क्रममा स्विटेकले १८औं वरियताकी गउफमाथि ६–१ र ६३ को सोझो सेटमा जित निकालेकी हुन् ।

यसअघि सन् २०२० मा फ्रेञ्च ओपन जितेकी स्विटेकको यो दोस्रो ग्राण्डस्लाम उपाधि पनि हो ।

पुरूष एकलतर्फको फाइनलमा आज पाँचौ वरियताका स्पेनका राफायल नाडाल र आठौं वरियताका नर्वेका कास्पर रुड भिड्ने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्